
कोलकाता , 29 अगस्त (हि.स.)। कहिले-कहीँ जिन्दगीमा केही मिनटको विलम्बले भाग्य फेरिदिन्छ। नेपालमा आएको भयाक आपदाबीच बसिरहाटका एकजना सेवानिवृत्त शिक्षक दम्पत्तिसित पनि यस्तै भयो। काठमाण्डौंबाट वाहनमा सवार हुन मात्र 15 मिनटको ढिल्याई उनीहरूको लागि जीवन रक्षक साबित भयो, त्यसैले आज दुवै सुरक्षित छन्।
बसिरहाट नगरपालिकाको वार्ड नम्बर- 7 अन्तर्गत कचहरीपाड़ा निवासी एवं पूर्व स्कूल शिक्षक अनुकूल पोद्दार आफ्नी पत्नी रेबा पोद्दारसित नेपाल घुम्न गएका थिए। नेपालमा आइलागेको त्रासदीपछि अचानक उनीहरूसित सम्पर्क विच्छेद भयो। परिवार, आफन्त तथा छिमेकीहरू उनीहरूको सुरक्षालाई लिएर चिन्तित भए। लगातार फोन गरेर सम्पर्क गर्ने प्रयास गरियो, तर कुनै जानकारी प्राप्त भइरहेको थिएन।
लामो चिन्ता र प्रतीक्षापछि अन्ततः शिक्षक दम्पत्तिसित शुक्रवार साँझ सम्पर्क भयो। फोनमा भएको बातचितमा अनुकूल बोद्दारले बताए, उनीहरू ठूलो जोखिमदेखि बचेका छन्।
भनिन्छ, काठमाण्डौंदेखि अग्रिम यात्राको लागि उनीहरू वाहनमा सवार हुन लगभग 15 मिनट ढिलो पुगे जसले गर्दा उनीहरू पहिलो वाहनको सट्टा दोस्रो वाहनमा सवार भए। यही 15 मिनटको ढिल्याई उनीहरूको जीवनको सबैभन्दा महत्वपूर्ण फसेला साबित भयो। यस सम्बन्धमा परिवारले भन्यो,न उनीहरूमाथि आइलागेको ठूलो सङ्कट टऱ्यो।
नेपालमा आएको भयानक आपदापछि उनीहरूसित यात्रा गरिरहेका अन्य मानिसहरूको स्थितिलाई लिएर पनि चिन्ता कायम थियो। तर फोनमा प्राप्त जानकारी अनुसार, उनीहरूसित यात्रा गर्ने सबै मानिसहरू सुरक्षित छन्। तथापि त्यहाँको स्थितिलाई देखेर शिक्षक दम्पत्ति अहिले पनि चिन्तित र भयभित छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा