बङ्गालको खाड़ीमा विकसित हुनसक्छ नयाँ निम्न दबाव, दक्षिण बङ्गालका केही जिल्लाहरूमा घना वर्षाको चेताउनी
बङ्गालको खाड़ीमा विकसित हुनसक्छ नयाँ निम्न दबाव, दक्षिण बङ्गालका केही जिल्लाहरूमा घना वर्षाको चेताउनी


कोलकाता, 29 अगस्त (हि.स.)। बङ्गालको खाड़ीमा फेरि नयाँ निम्न दबाव क्षेत्र विकसित हुने सम्भावा छ। यसको प्रभावले पश्चिम बङ्गालको व्यापक क्षेत्रमा हुरी-बतासको सिलसिला जारी रहने अनुमान व्यक्त गरिएको छ। मौसम विभागले दक्षिण बङ्गालका केही जिल्लाहरूमा अति भारी वर्षा हुने चेताउनी जारी गरेको छ। कोलकातामा पनि वर्षा हुने सम्भावना छ भने उत्तर बङ्गालमा वर्षाको गतिविधि बढ़्नसक्छ।

अलिपुर मौसम विभाग अनुसार, उत्तर बङ्गालको खाड़ीमाथि एक चक्रवाती परिसञ्चरण विकसित भएको छ जुन समुद्र तलदेखि 7.6 किलोमीटर माथिसम्म फैलिएको छ। यसको प्रभावले शनिवार पश्चिम बङ्गाल र ओडिशाका तटवर्ती क्षेत्रहरूको छेउमा नयाँ निम्न दबाव विकसित हुने सम्भावना छ।

यस अतिरिक्त मनसुनी अक्षरेखा पञ्जाब, हिमाचल प्रदेश, उत्तर प्रदेश र बिहार हुँदै पश्चिम बङ्गालमा प्रवेश गरिसकेको छ। यो रेखा बाँकुड़ादेखि दक्षिण तर्फ मोड़िएर बङ्गालको खाड़ीसम्म फैलिएको छ। यसको प्रभावले दक्षिण बङ्गालमा आगामी केही दिनसम्म घना वर्षाको सिलसिला जारी रहनसक्छ।

मौसम विभागले शनिवार कोलकाता, हुगली औ उत्तर 24 परगनामा घना वर्षाको चेताउनी जारी गरेको छ। हावड़ा र दक्षिण 24 परगनामा भारी वर्षाको सिलसिला आइतवारसम्म यथावत रहनसक्छ।

यता पूर्व मेदिनीपुर एवं पश्चिम मेदिनीपुरमा आइतवार अति भारी वर्षा हुने चेताउनी दिइएको छ। यी क्षेत्रहरूमा 7-देखि 20 सेन्टीमीटरसमम्म वर्षा हुनसक्छ।

आगामी सोमवार र मङ्गलवार झाड़ग्राम, पुरुलिया औ बाँकुड़ामा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। दक्षिण बङ्गालका बाँकी जिल्लाहरूमा छुटपुट वर्षा हुनसक्छ, तथापि हाल त्यहाँ घना वर्षा हुने सम्भावना कमै छ।

मौसम विभाग अनुसार, आगामी मङ्गलवारपछि दक्षिण बङ्गालमा हुरी-बतासको गतिविधि बिस्ताारै कम हुने सम्भावना छ।

उत्तर बङ्गालमा पनि मुसलधारे पानी पर्ने सम्भावना व्यक्त गरिएको छ। शनिवार उत्तर बङ्गालका सबै जिल्लाहरूमा छुटपुट वर्षा हुनसक्छ।

आइतवार जलपाईगुड़ीमा भारी वर्षा हुने सम्भावना छ भने सोमवार दार्जीलिङ, कालेबुङ र अलिपुरद्वारमा 7-देखि 11 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande