फकिरग्रामको टोटपाड़ामा पाइपलाइन पेयजल आपूर्ति योजनाको उद्धाटन
फकिरग्रामको टोटपाड़ामा पाइपलाइन पेयजल आपूर्ति योजनाको उद्धाटन


कोकराझार (असम), 31 अगस्त (हि.स.)। जन स्वास्थ्य तकनिकी विभाग, कोकराझार-1 अन्तर्गत फकिराग्राम नगरपालिका क्षेत्रको टोटपाड़ामा पाइपलाइनको माध्यमबाट पिउने पानी आपूर्ति योजनाको सोमवार विधिवत उद्घाटन गरियो। बीटीसीको 7 नम्बर फकिरग्राम परिषद निर्वाचन क्षेत्रका पार्षद एजामुल हकले उक्त योजनाको उद्घाटन गरे।

उद्घाटन समारोहमा फकिराग्राम नगरपालिकाका अध्यक्ष सुल्तान आलम, उपाध्यक्ष प्रणव शर्मा, जन स्वास्थ्य तकनिकी विभागका अभियन्ता मनोज कुमार नन्दी, ठेकेदार अमित पोद्दार सहित केही गणमान्य व्यक्तिहरू उपस्थित थिए।

यस अवसरमा पेयजल आपूर्ति योजनालाई सुचारू रूपमा सञ्चालन गर्ने दायित्व औपचारिक रूपमा पेयजल आपूर्ति योजना सञ्चालन समितिलाई सुम्पिइयो। साथै योजनाको उचित रखरखाउ, पेयजलको सदुपयोग तथा जल संरक्षणप्रति जागरूकता बढ़ाउने उद्देश्यले उपस्थित मानिसहरूलाई शथप दिलाइयो।

स्थानीय मानिसहरूले योजना शुरू भएकोमा खुशी व्यक्त गर्दै भने, यसको माध्यमबाट क्षेत्रका मानिसहरूलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउनमा सुविधा हुनेछ। योजनाबाट स्थानीय मानिसहरू लाभान्वित हुने आशाछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande