असमः बोकाखातमा 14 वटा ग्यास सिलेण्डर विस्फोट, व्यवसायिक प्रतिष्ठान खरानीमा परिणत
असमः बोकाखातमा 14 वटा ग्यास सिलेण्डर विस्फोट, व्यवसायिक प्रतिष्ठान खरानीमा परिणत


गोलाघाट (असम), 31 अगस्त (हि.स.)। असमको बोकाखातमा सोमवार भएको भीषण आगलागीको कारणले क्षेत्रमा कोकोहोलो मचियो। आगोको चपेटमा परी 14 वटा व्यवसायिक प्रतिष्ठानहरू जलेर खरानी भयो।

भनिन्छ, आगो बलिरहँदा 14 वटा ग्यास सिलेण्डरहरू पनि यसको चपेटमा परी विस्फोट भयो जसले गर्दा स्थिति झन् भयानक भयो। सिलेण्डर विस्फोट भएको कारणले क्षेत्रमा त्रास फैलियो। घटनाको भयानक दृश्य देखियो।

आगलागीको कारण तथा नोक्सानको विस्तृत मूल्याङ्कन अहिले हुन सकेको छैन। घटनासित सम्बन्धित अन्य जानकारीहरूको प्रतीक्षा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande