
नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। आम आदमी पार्टी (आआपा)- का कार्यकर्ताहरूले सोमवार दिल्ली सचिवालय बाहिर प्रदर्शन गरे। उनीहरूले सरकारी स्कूलहरूका छात्राहरूको लागि साइकल किनमेलमा भएको कथित भ्रष्टाचारको जाँच गर्ने माग गरे। प्रदर्शनको नेतृत्व आआपका दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले गरे।
प्रदर्शनमा सौरभ भारद्वाजले दिल्ली सरकारमाथि साइकल किनमेलमा कथित अनियमितता गरेको आरोप लगाउँदै भने, दिल्ली सरकारले स्कूलका छात्राहरूको लागि लगभग 1.30 लाख साइकल 6,957 रुपियाँ प्रतिसाइकलको दरले किनमेल गऱ्यो जबकि आआपले खुल्ला बजारमा लगभग 4,000 रुपियाँमा समान गुण भएको साइकल किनमेल गरेको दाबी गरेको छ।
सौरभ भारद्वाजले भने, दिल्लीमा गरीब परिवारहरूका छात्राहरूलाई वितरण गरिने साइकल किनमेल गर्दा व्यापक रूपमा भ्रष्टाचार गरिएको मामिला सामु आइरहेको छ। उनले भने, सरकारले लगभग 1.30 लाख साइकल लगभग 90 करोड़ रुपियाँमा खरिद गऱ्यो जबकि बजार मूल्यको आधारमा समा लगभग 40 करोड़ रुपियाँको कथित भ्रष्टाचार भएको प्रश्न उठ्छ।
उनले भने, बजारमा एउटा सामान्य साइकलको मूल्य लगभग 4 हजार रुपियाँ छ भने दिल्ली सरकारले प्रतिसाइकल लगभग 7 हजार रुपियाँ खर्च गऱ्यो। भारद्वाजले यस सम्पूर्ण मामिलाको जाँच गर्ने अनि खरिद प्रकियामा कथित अनियमितताहरूको जिम्मेवारी तय गर्ने माग गरे।
आआपा नेताले आरोप लगाए, सरकारी योजना अन्तर्गत गरीब छात्राहरूलाई वितरण गरिने साइकलको खरिदमा पनि भ्रष्टाचार गरिरहेको छ। सरकारले यस मामिलामा स्थिति स्पष्ट पार्नुपर्छ अनि खरिदसित सम्बन्धित दस्तावेज सार्वजनिक गर्नुपर्छ।
प्रदर्शनमा आआपाका बुराड़ी विधायक सञ्जीव झा, कोण्डली विधायक कुलदीप कुमार समेत पार्टीका केही नेता एवं कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा