गौहाटी विश्वविद्यालयमा दुई दिवसीय संस्कृत दिवस महोत्सव आयोजित
गौहाटी विश्वविद्यालयमा दुई दिवसीय संस्कृत दिवस महोत्सव आयोजित


गुवाहाटी, 31 अगस्त (हि.स.)। गौहाटी विश्वविद्यालयको संस्कृत विभागले आचार्य उमाकान्त देव शर्मा फाउण्डेशन र बीएपीएस स्वामीनारायण रिसर्च इन्स्टीट्यूट, नयाँ दिल्लीको संयुक्त तत्वावधानमा दुई दिवसीय संस्कृत दिवस महोत्सवको सफल आयोजन गऱ्यो।

कार्यक्रमको शुभारम्भ संस्कृत विभागका विद्यार्थीहरूद्वारा सरस्वती वन्दना र स्वागत गीतको प्रस्तुतिबाट गरियो। कार्यक्रमको सञ्चालन विभागकी शोधार्थी हियाश्री रायले गरिन्।

संस्कृत विभागका प्रमुख प्रो. कामेश्वर शुक्लाले आफ्नो स्वागत भाषणमा श्रावणी पूर्णिमाको अवसरमा मनाइने विश्व संस्कृत दिवस औ संस्कृत सप्ताहको इतिहास तथा योसित जोड़िएका परम्पराहरूमाथि प्रकाश पारे।

महोत्सवमा राज्यस्तरीय संस्कृत श्लोकवृत्ति औ संस्कृत भाषण प्रतियोगिता पनि आयोजना गरिएको थियो जसमा हाई स्कूल एवं उच्चतर माध्यमिक स्तरका विद्यार्थीहरू सहित कलेज, विश्वविद्यालयका विद्यार्थीहरू तथा शोधार्थीहरूले समेत भाग लिएका थिए। विजय प्रतिभागीहरूलाई नकद पुरस्कार, प्रमाण पत्र, पारम्परिक उत्तरीय औ स्मृति चिन्ह प्रदान गरी सम्मानित गरियो।

यस अवसरमा आचार्य उमाकान्त देव शर्मा फाउण्डेशन, गुवाहाटीको पक्षबाट अखिल भारतीय साहित्य परिषदकी अध्यक्ष मृणालिनी देवीलाई ‘वाणी विभूति’ सम्मान तथा बरपेटा सत्रका बुढ़ा सत्राधिकारी डा. बाबुल चन्द्र दासलाई ‘वैष्णव वैभव’ सम्मान प्रदान गरियो।

समारोहलाई डा. बाबुल चन्द्र दास, मृणालिनी देवी, असम विधानसभाका सचिव राजीव भट्टाचार्य औ आचार्य उमाकान्त देव शर्मा फाउण्डेशनका सचिव ज्योतिर्मय शर्माले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको समापन गौहाटी विश्वविद्यालयको संस्कृत विभागका प्रोफेसर डा. जगदीश शर्माद्वारा धन्यवाद् ज्ञापनको साथमा भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande