
श्रीनगर, 31 अगस्त (हि.स.)। गुलाम नबी आजाद कङ्ग्रेसमा फर्किेने अफवाहलाई खारेज गर्दै उनका निकटवर्ती सहयोगी सलमान निजामीले सोमवार भने, जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्रीले यस्तो कुनै पनि सम्भावनालाई स्पष्ट रूपमा नकारेका छन्।
निजामीले पत्रकारहरूसित बातचित गर्दै भने, कङ्ग्रेस नेतृत्वहरू गुलाम नबी आजादको योगदान र विशिष्टतालाई चिन्न असफल भए र बारम्बार ती नेतालाई अपमान गरिरहे जसले पार्टीको लागि आफ्नो जीवनका केही दशकहरू समर्पित गरेका थिए।
निजामीले भने, जुन मानिसहरूले उनको कहिले कदर र सम्मान गर्न जानेनन्, आज उनीहरूले नै नबी कङ्ग्रेसमा फर्किने अफवाह फैलाइरहेका छन् जुन साँचो होइन। उनले बारम्बार यस्तो कुनै सम्भावनालाई अस्वीकार गरिदिए।
उनले अझ भने, आजाद सम्मान पूर्वक अगाड़ि बढ़िसकेका छन् र उनीसित यस्तो पार्टीमा फर्किने कुनै कारण छैन जो उनको नेतृत्व र योगदानलाई सम्मान गर्न असफल भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा