
हुगली, 31 अगस्त (हि.स.)। सरकारको नयाँ निर्देश पश्चात जीटी रोडमा टोटो चलाउनेलाई लिएर सृजित समस्याहरूको विरोधमा श्रीरामपुर-उत्तरपाड़ा ब्लकका विभिन्न क्षेत्रहरूमा सोमवार टोटो परिसेवालाई बन्द राखियो। टोटो चालकहरू एकजुट भएर सेवालाई बन्द राखेका कारण बिहानदेखिकै यहाँका विभिन्न टोटो स्ट्याण्डहरू खाली देखियो।
जानकारी अनुसार रिषड़ा, श्रीरामपुर, शेवड़ाफुली, वैद्यबाटी, कोननगर औ उत्तरपाड़ा समेत वरिपरीका क्षेत्रहरूमा आज ठूलो सङ्ख्यामा टोटो चालकहरू सड़कमा निक्लेनन्। चालकहरूको भनाइ छ, सरकारको नयाँ निर्देशको कारणले जीटी रोडमा टोटो चलाउन उनीहरूलाई समस्या भइरहेको छ। त्यसैले आफ्नो हित र रोजगारको सुरक्षालाई लिएर चालकहरू एकजुट भएका छन्।
टोटो सेवा बन्द भएपछि यसको सोझो प्रभाव सर्वसाधारण यात्रीहरूमा देखियो। दिनहुँ टोटोमा यात्रा गर्ने मानिसहरूलाई आफ्नो गन्तव्यसम्म पुग्नको लागि वैकल्पिक परिवहन साधनहरूको सहारा लिनुपऱ्यो। यसबाट कतिपय क्षेत्रहरूमा यात्रीहरूलाई अतिरिक्त समस्याहरूको पनि सामना गर्नु पऱ्यो।
टोटो चालकहरूको भनाइ छ, उनीहरू सरकारका निर्देशहरूलाई सम्मान गर्दछन्, तर उनीहरूको अगाड़ि रोजगार तथा दैनन्दिन आजीविकाको ठूलो प्रश्न उभिएको छ। चालकहरूको माग छ, जीटी रोडमा टोटो सञ्चालनलाई लिएर स्पष्ट तथा व्यवहारिक व्यवस्था बनाइयोस् ताकि यात्रीहरूको सुविधासँगसँगै चालकहरूको रोजगार पनि सुरक्षित रहन सकोस्।
विभिन्न क्षेत्रहरूमा टोटो सेवा बन्द रहेपछि अब यस कुरामाथि सबैको ध्यान केन्द्रित भएको छ कि प्रशासनले टोटो चालकहरूको यो समस्याको समाधान कसरी गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा