बङ्गालमा पानी पर्ने सम्भावना, केही जिल्लाहरूमा मेघ गर्जनसितै घना वर्षा हुने चेताउनी
Weather update


कोलकाता, 31 अगस्त (हि.स.)। मनसन सक्रिय भएको कारणले आज पश्चिम बङ्गालमा मौसमको स्वरूप फेरिनेछ। राज्यका अधिकांश भागहरूमा घना बादल लाग्नको साथै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मौसम विभाग अनुसार कतिपय क्षेत्रहरूमा तीव्र हावा र बिजुली चम्किनको साथै मुसलधारे पानी पर्नसक्छ।

मौसम वैज्ञानिकहरू मुताविक आज राज्यमा अधिकतम तापमान 31 डिग्री सेल्सियस र न्यूनतम तापमान 27 डिग्री सेल्सियस लगभग रहने अनुमान छ। हावामा नमीको स्तर 85-93 प्रतिशतसम्म रहनसक्ने हुनाले मानिसहरूलाई आद्रतापूर्ण गर्मीको सामना गर्नुपर्नेछ। यस अवधि 16-देखि 19 किलोमीटर प्रतिघण्टाको गतिले दक्षिमी-पूर्वी हावा चल्नेछ।

कोलकाता सहित दक्षिण बङ्गालको गाङ्गेय मैदानी क्षेत्रहरूमा बिहान बादल लागेको छ। दिउँसो हल्का पानी परेपछि साँझ वा राती मेघ गर्जनसितै हुरी-बतास अनि वर्षाको तीव्रता बढ़्ने सम्भावना व्यक्त गरिएको छ।

पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, बीरभूम, पुरुलिया, बाँकुड़ा, विष्णुपुर, आसनसोल र खड़गपुर समेत सारा दक्षिण-पश्चिमी अञ्चलमा आज आकाशमा बादलले डेरा हाल्नेछ। सक्रिय मनसुनको फलस्वरूप यी जिल्लाहरूमा दिनभरि नै रोकिँदै हल्कादेखि मध्यम वर्षा अनि मेघ गर्जनसितै पानी पर्ने सम्भावना छ। उच्च आद्रताक कारणले दिउँसो बाफिनु पर्नेछ। साँझ पर्दा-नपर्दासम्ममा हुरी-वर्षाले तापमान घटेर राहत पाउने आशा छ।

यता उत्तर बङ्गालका पार्वतीय क्षेत्रहरू दार्जीलिङ र कालेबुङ लगायत जलपाईगुड़ी एवं अलिपुरद्वारमा पनि मनसुनी हावा पूर्ण रूपले हावी भएको छ। यी जिल्लाहरूमा दिनभरि नै रोकिँदै पानी पर्नसक्छ। मौसम विभागले स्थितिमाथि निरन्तर नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande