
शोणितपुर, 31 अगस्त (हि.स.)। जिल्लाको रङ्गापारा थाना क्षेत्रस्थित जामुनबील गाउँमा बितेको राती जङ्गली हात्तीहरूको बथानबाट छुट्टिएको एउटा हात्तीले भोजनको खोजीमा पाँच वटा घरहरूलाई क्षतिग्रस्त बनाइदियो। हात्तीले एलिजाबेथ पन्ना, एलियाझार खरवार, लाद्रुस केरकेट्टा, रुपाली राजगढ़ औ अदाम टुटीका घरहरूलाई भत्काइदियो।
घरभित्र राखिएका खाद्य सामग्रीहरू सहित अन्य घरेलु सामानहरूलाई पनि हात्तीले नोक्सान पुऱ्यायो। घटनापछि ग्रामीणहरूमा भय व्याप्त भएको छ। स्थानीय मानिसहरूले वन विभागसित जङ्गली हात्तीहरूको आतङ्कवाज मुक्ति पाउन अनि प्रभावित परिवारहरूलाई उचित क्षतिपूरण दिने माग गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा