
उत्तर 24 परगना, 13 सेप्टेम्बर (हि. स.)। राज्यमा फेरि एकपटक आगलागीको घटना घटेको छ। पानीहाटीको दानकल मोड़ संलग्न क्षेत्रमा सीईएससीको बहुतले भवनमा आइतवार अपरान्ह भएको भयानक आगलागीले कोकोहोलो मचायो। यस अग्निकाण्डमा अहिलेसम्म कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैैन।
स्थानीय सूत्र अनुसार हेर्दा-हेर्दै आगो भवनभरि फैलियो। यसको सूचना पाएर दमकलका केही वाहनहरू घटनास्थलमा आइपुगे। दमकलकर्मीहरूले युद्धस्तरमा आगोलाई नियन्त्रण गर्ने कार्य शुरू गरे। हाल घटनास्थलमा दमकलका दश वटा वाहनहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। स्थितिलाई सम्हाल्नको लागि खड़दह थानाको पुलिस पनि घटनास्थलमा पुग्यो। आगलागीको कारणले क्षेत्रमा भय व्याप्त भएको छ। भवन पछाड़ि घना जनसंख्या भएको बस्ती भएको कारणले आगोलाई त्यहाँसम्म फैलिनदेखि रोक्नेमाथि विशेष ध्यान दिइँदैछ।
प्रारम्भिक रूपमा अनुमान लगाइँदैछ, सीईएससीको उक्त भवनको एउटा ट्रान्सफर्मरमा विस्फोट भएपछि आगो लागेको हुनसक्छ। तथापि वास्तविक कारण के हो, अहिले पुष्टि भएको छैन। आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
यसबीच भाजपाको उत्तर कोलकाता उपनगरीय संङ्गठनात्मक जिल्ला अध्यक्ष चण्डीचरण राय पनि घटनास्थलमा पुगे।
घटनाको कारणले व्यस्त बीटी रोडमा यातायात प्रभावित भएको छ भने सड़क जामको स्थिति उत्पन्न भएको छ। पुलिस र यातायात पुलिसले घटनास्थलमा पुगेर वाहनहरूको आवागमनलाी नियन्त्रण गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा