ज्ञानलाई विचारधाराको सीमाबाट मुक्त राख्नु आवश्यकः अमित शाह
फोटो: केंद्रीय मंत्री अमित शाह


मुम्बई, १३ सेप्टेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले ज्ञानलाई कुनै पनि विचारधाराको सीमाभित्र बाँधेर राख्न नहुने बताएका छन्। साँचो ज्ञान कहिल्यै कुनै विचारधाराको बन्धक नहुने भन्दै उनले यसलाई कुनै रोकावटबिना विकसित हुने र समाजमा प्रसारित हुने अवसर प्रदान गर्नुपर्ने बताए।

मुम्बईमा ‘गणेश ज्ञानार्थी’ प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अमित शाहले ज्ञान आफैमा एउटा विचारधारा भएको बताए। यदि यसलाई कुनै विशेष विचारधाराको सीमाभित्र बाँधियो भने यसको मौलिक स्वरूप र अर्थ नै सीमित हुने उनले बताए। ज्ञान र यसको प्रसार दुवै स्वतन्त्र तथा निर्बाध हुनुपर्ने उनको भनाइ थियो।

गृहमन्त्रीले हामीले अनावश्यक बहसमा अल्झिनुको सट्टा एशियाटिक सोसाइटी किन स्थापना भयो, कसले स्थापना गर्यो र यसको उद्देश्य के थियो भन्ने विषयमा अगाड़ीको दिशातर्फ ध्यान दिनुपर्ने बताए। यहाँ रहेको सम्पदा, ज्ञान तथा सङ्ग्रहलाई महान् भारत निर्माणका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए।

अमित शाहले भारतको प्राचीन ज्ञान परम्पराको उल्लेख गर्दै यसलाई समाप्त पार्ने पटक–पटक प्रयास भएपनि स्मृति तथा मौखिक परम्पराका माध्यमबाट यो जीवित रहेको बताए। नालन्दाको उदाहरण दिँदै उनले कुनै पुस्तकालय जलाउन सकिने भए पनि मानिसहरूको मनमा स्मृति र श्रुतिका रूपमा सुरक्षित ज्ञानलाई समाप्त गर्न नसकिने बताए।

गृहमन्त्रीले नालन्दाको पुस्तकालय जलाइएको र लामो समयसम्म त्यहाँबाट धुवाँ निस्किरहेको भएपनि भारतको ज्ञान परम्परा मानिसहरूको स्मृति तथा मौखिक परम्परामा जीवित रहेको बताए। आफ्नो इतिहास, स्मृति, मूल्य, भाषा, अभिलेख तथा परम्परालाई सुरक्षित राख्ने देशलाई सजिलै दास बनाउन नसकिने उनले बताए।

शाहले कुनै देश जतिसुकै शक्तिशाली भएपनि यदि उसले आफ्नो स्मृति, इतिहास, मूल्य, भाषा, अभिलेख तथा परम्पराको संरक्षण गर्न सक्दैन भने उसको पतन हुन धेरै समय नलाग्ने बताए। भारतका बौद्धिक परम्परा तथा ज्ञानको लामो समयसम्म औपनिवेशिक दृष्टिकोणबाट अध्ययन तथा मूल्याङ्कन गरिएको उनको भऩाई थियो।

अमित शाहले भने, भारतको ज्ञान लामो समयसम्म भारतकै आफ्नै आवाजमा लेखिन नसकेको, बरु औपनिवेशिक दृष्टिकोण भएको भाषा तथा सोच मार्फत प्रस्तुत गरियो। भारतको ज्ञान परम्परालाई अब आफ्नै दृष्टिकोण, इतिहास तथा बौद्धिक सन्दर्भ सहित बुझेर अगाड़ी बढ़ाउन आवश्यक रहेकोमा उनले जोड दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande