
नयाँ दिल्ली, १३ सेप्टेम्बर (हि.स.)। केन्द्र सरकारले देशभरि वरिष्ठ नागरिकको स्वास्थ्य सुरक्षा, कल्याण तथा सम्मानजनक जीवन सुनिश्चित गर्न १४२ वटा नयाँ वरिष्ठ नागरिक गृह (वृद्धाश्रम) स्वीकृत गरेको छ। हालसम्म २.८८ लाखभन्दा बढ़ी वरिष्ठ नागरिकले आश्रय, पौष्टिक भोजन, स्वास्थ्य परीक्षण तथा शारीरिक उपचार जस्ता आवश्यक सहायता सेवाबाट लाभ लिइसकेका छन्।
केन्द्रिय सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय अनुसार, वरिष्ठ नागरिकको जीवनस्तर सुधार गर्न, दैनिक हेरचाह उपलब्ध गराउन तथा उनीहरूलाई स्वतन्त्र जीवनयापन गर्न सक्षम बनाउन बहुआयामिक कदम चालिँदै आएको छ। नयाँ स्वीकृत वरिष्ठ नागरिक गृहबाट ती वृद्धजनलाई सुरक्षित र सम्मानजनक आश्रय पाउनेछन्, जसलाई पारिवारिक वा सामाजिक स्तरमा देखरेखको आवश्यकता छ।
सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयका सचिव सुधांश पन्तले आइतवार बताए, वरिष्ठ नागरिकको गतिशीलता तथा आत्मनिर्भरता बढ़ाउन देशभरि २२८ वटा विशेष शिविर आयोजना गरिएको छ। यी शिविर मार्फत ४.९१ लाखभन्दा बढ़ी लाभार्थीलाई समेटिएको छ भने लगभग २३.९३ लाख निःशुल्क सहायक जीवनोपयोगी उपकरण वितरण गरिएको छ।
पन्त अनुसार, गरीबी रेखामुनि रहेका (बीपीएल) तथा न्यून आय भएका योग्य वरिष्ठ नागरिकलाई ह्विलचेयर, श्रवणयन्त्र, हिँड्ने छड़ी तथा चश्मा प्रदान गरिएको छ। यी उपकरण प्राप्त भएपछि वरिष्ठ नागरिकलाई दैनिक आवतजावत तथा सञ्चारमा ठूलो राहत पुगेको छ।
उनले भने कि कल्याणकारी योजनासँग सम्बन्धित जानकारी एउटै स्थानमा उपलब्ध गराउन राष्ट्रपतिद्वारा ‘सीनियर सिटिजन्स वेलफेयल पोर्टल’ शुरु गरिएको छ। यो पोर्टल वरिष्ठ नागरिकसँग सम्बन्धित सरकारी योजना, अधिकार तथा सुविधाको सही जानकारी उपलब्ध गराउने साझा मञ्च बनेको छ।
सचिवले मन्त्रालयको उद्देश्य सहज स्वास्थ्य सेवा तथा संस्थागत हेरचाह मार्फत वरिष्ठ नागरिकलाई आत्मनिर्भर र सुरक्षित वातावरण प्रदान गर्नु रहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी