
नयाँ दिल्ली, १३ सेप्टेम्बर (हि.स.)। राजधानीको भारत मण्डपमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आएका मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले हिन्दीका सदाबहार गीतकार तथा गायक किशोर कुमारको एउटा गीत आफ्नो सुमधुर आवाजमा प्रस्तुत गरेर महफिलमा रौनकमा थप रंग भरिदिए। उक्त भीडियो भाइरल भएपछि हिन्दी तथा भारतीय सङ्गीतप्रतिको उनको लगावको व्यापक प्रशंसा भइरहेको छ।
भारत र मलेशियाबीचको शताब्दीयौँ पुरानो सांस्कृतिक सम्बन्धलाई सुरमा बाँध्ने यो क्षण वास्तवमै विशेष रह्यो। दिल्लीमा फुर्सदका केही क्षण बिताउने क्रममा उनले चलचित्र ‘तीन देवियाँ’ को चर्चित गीत ‘ख्वाब हो तुम या कोई हकीकत...’ गुनगुनाए। अनवर इब्राहिमले भारतीय पियानोवादकसँगै उक्त गीत गाए र यसको भीडियो सामाजिक सञ्जालमा पनि साझा गरे।
यस सम्मेलनको पहिलो दिन नयाँ दिल्ली घोषणापत्र जारी हुनुदेखि लिएर भारत–चीनबीच महत्त्वपूर्ण द्विपक्षीय बैठक समेत भएको थियो। नयाँ दिल्ली स्थित भारत मण्डपमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा ११ पूर्ण सदस्य राष्ट्र र १० साझेदार राष्ट्र सहित कूल २१ देशका नेताहरू सहभागी भएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी