
दन्तेवाड़ा, 13 सेप्टेम्बर (हि.स.)। जिल्लामा एकजना युवकले नाबालिकालाई फकाई-फुस्लाई आफ्नो घरमा लगेर उसित दुष्कर्म गरेको मामिला प्रकाशमा आएको छ। घटनाबारे कसैलाई बतायो भने गम्भीर परिणाम भोग्नुपर्ने धम्की पनि आरोपीले पीड़ितालाई दिएको बताइएको छ। सिकायतपछि महिला थाना पुलिसले आरोपी सोमारू उपनाम समरू मरकामलाई पक्राउ गरी महिला थानामा कारबाही गरिएपछि आइतवार न्यायिक रिमाण्डमा प्रस्थान गराइयो।
दन्तेवाड़ा महिला थाना पुलिसबाट प्राप्त जानकारी अनुसार नाबालिका आफ्नी परिचित महिलासित राखी बाँध्नको लागि उसको माइतमा गएकी थिई। यसै अवधि त्यहाँ उपस्थित आरोपी सोमारू उपनाम समरू मरकामले उसलाई फकाई-फुस्लाई आफ्नो घरमा लिएर गयो। घरमा पुगेपछि आरोपीले नाबालिकासित दुष्कर्म गऱ्यो। त्यसपछि घटना बारे कसैलाई जानकारी दिए परिणाम खतरनाक हुने धम्की दियो। घटनापछि नाबालिकाले महिला थानामा सम्पूर्ण जानकारी दिई। पुलिसले सिकायतको आधारमा अपराध दर्ता गरी मामिलालाई गम्भीर रूपमा लिएर पुलिस टीमले आरोपीलाई खोज्न शुरू गऱ्यो।जाँच गर्दै जाँदा पुलिसलाई आरोपी सोमरूको घरको ठेगाना पत्तो लाग्यो, त्यसपछि पुलिसले आरोपीलाई घरबाटै पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा