
नयाँ दिल्ली, 13 सेप्टेम्बर (हि.स.)। ब्रिक्स सम्मेलनको लागि दिल्लीमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउनको साथै दिल्ली पुलिसले शनिवार थानामा जनसुनवाईको सिलसिला पनि जारी राख्यो। राजधानीका सबै 6 वटै पुलिस रेञ्जका थानाहरूमा आयोजित ‘थाना दिवस-जनसुनवाई’ -मा पुलिस अधिकारीहरूले मानिसहरूको सिकायत सुने। यस अवधि 2333 सिकायत तथा समस्याहरूको सुनवाई गरियो।
जनसुनवाईमा संयुक्त पुलिस आयुक्तदेखि लिएर सहायक पुलिस आयुक्त स्तरसम्मका वरिष्ठ अधिकारीहरू भिन्न-भिन्न थानाहरूमा गए। अधिकारीहरूले मानिसहरूसित प्रत्यक्ष बातचित गरी उनीहरूको समस्या सुने अनि सिकायतहरू कतिसम्म सुल्झियो त्यसको पनि निगरानी गरे। पुलिस अधिकारीहरूको उपस्थितिले मानिसहरूलाई आफ्नो समस्या सोझै वरिष्ठ अधिकारीहरूसम्म पुऱ्याउने अवसर प्राप्त भयो।
दिल्ली पुलिस मुताविक ‘थाना दिवस-जनसुनवाई’ -को शुरुआत जूनमा उपराज्यपाल सरदार तरनजीत सिंह सन्धूको निर्देशमा गरिएको थियो जसको उद्देश्य पुलिस र आम मानिसहरूमाझ प्रत्यक्ष सम्वाद बढ़ाउनु, पुलिस सेवालाई मानिसहरूको लागि सहजै उपलब्ध गराउनु तथा सिकायतहरूको चाँड़ो अनि प्रभावकारी निस्तारण सुनिश्चित गर्नु हो।
यस पहल अन्तर्गत प्रत्येक शनिवार बिहान 10 बजेदेखि अपरान्ह 2 बजेसम्म थानाहरूमा जनसुनवाई आयोजना गरिन्छ। पुलिसको भनाइ छ, वरिष्ठ अधिकारीहरूको सोझै थानामा उपस्थितिले सिकायतहरूको निगरानी कुशल ढङ्गमा भइरहेको छ भने आम मानिसहरूलाई पुलिसका वरिष्ठ अधिकारीहरूसम्म पुग्ने सोझो मञ्च प्राप्त भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा