
गान्तोक, १३ सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले तीजको पावन अवसरमा सिक्किमवासी, विशेषगरी आमाहरू तथा दिदी-बहिनीहरूलाई हार्दिक शुभकामना एवं बधाई व्यक्त गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा राज्यपालले भने, “तीज पर्वको शुभ अवसरमा म सम्पूर्ण सिक्किमवासी, विशेषगरी मातृशक्तिलाई हार्दिक शुभकामना एवं बधाई प्रेषित गर्दछु। तीजको यो पावन पर्व भारतीय संस्कृतिमा नारीको अटुट श्रद्धा, अगाध प्रेम र समर्पणको अनुपम उत्सव हो भने यो हाम्रो समृद्ध लोकपरम्पराको जीवन्त पहिचान पनि हो। यस पर्वले पारिवारिक सम्बन्धमा मिठास, आपसी सद्भाव तथा समाजमा एकताको भावनालाई अझ सुदृढ बनाउँछ।'
राज्यपालले भने, 'सिक्किमका मातृशक्ति परम्परा र प्रगतिको अद्भुत संगम हुनुहुन्छ, जसले समाजका हरेक क्षेत्रमा अभूतपूर्व योगदान पुर्याइरहनुभएको छ। यस पावन अवसरमा म देवाधिदेव भगवान् शिव र माता पार्वतीसँग प्रार्थना गर्दछु कि उहाँहरूले सिक्किमका प्रत्येक नागरिकको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको आशीर्वाद प्रदान गरून्।'
हिन्दुस्थान समाचार / बिशाल