मालदामा बीएसएफको सतर्कताले बच्यो दश जनाको ज्यान
मालदामा बीएसएफको सतर्कताले बच्यो दश जनाको ज्यान


मालदा, 14 सेप्टेम्बर (हि.स.)। जिल्लामा बीएसएफका जवानहरूले साहस, तत्परता औ मानवताको परिचय दिँदै गङ्गा नदीमा डुबिरहेका दश जना बङ्गलादेशी नागरिकहरूलाई सुरक्षित बचाए। घटना मालदाको खान्दुआ सीमा चौकीको छेउमा भएको हो। बचाइएका मानिसहरूमा तीन जना बच्चा, तीन जना महिला र चार जना पुरूष सामेल छन्।

मालदा सेक्टर मुख्यालय अन्तर्गत 71औं बटालियनका जवानहरूले नदीमा मानिसहरू डुबिरहेको देखेपछि तत्काल बचाउ अभियान शुरू गरे। जवानहरूको सतर्कता र तत्काल कारबाहीको परिणामस्वरूप दश जना मानिसहरूलाई सुरक्षित बाहिर निकालियो।

रेसक्यू गरिएका मानिसहरूमा 30 दिनको नवजात शिशु पनि सामेल छ जसको अवस्था अत्यन्त गम्भीर थियो। बीएसएफ जवानहरूले अलिकति पनि समय खेरो नफाली बच्चालाई प्राथमिक उपचार उपलब्ध गराए अनि उसलाई सरकारी अस्पतालमा पठाइदियो। समयमै उपचार पाएका कारण बच्चाको अवस्थामा सुधार भयो अनि उसलाई सुरक्षित अस्पतालबाट छुट्टी दिइयो।

यी सबै बङ्गलादेशी नागरिकहरूको सम्बन्धमा आवश्यक औपचारिकता पूरा गरेपछि उनीहरूलाई बोर्डर गार्ड बङ्गलादेश (बीजीबी)-लाई सुम्पिइनेछ। यस सम्पूर्ण कारबाहीमा बीएसएफ जवानहरूको सतर्कतासँगसँगै उनीहरूको मानवीय संवेदनशीलता झल्किएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande