
गुवाहाटी, 14 सेप्टेम्बर (हि.स.)। मध्य प्रदेशको खण्डवामा आयोजित राष्ट्रिय ताइक्वाण्डो च्याम्पियनशिपमा विद्या भारती पूर्वोत्तर क्षेत्रका खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गर्दै 13 वट पदक आफ्नो नाममा पारेका छन्। यीमध्ये चार वटा स्वरण, पाँच वटा रजत र चार वटा काँस्य पदक सामेल छन्।
विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको तत्वावधानमा यो प्रतियोगिता गत 9-13 सेप्टेम्बरसम्म खण्डवाको कल्याणगञ्जस्थित सरस्वती विद्या मन्दिरमा आयोजना गरिएको थियो।
शिशु शिक्षा समिति, असमका प्रचार संयोजक मुकुटेश्वर गोस्वामी अनुसार स्वर्ण पदक नाङ्ग जेनपिन दुलाकाखरिया र रोही छेत्रीले (शङ्करदेव शिशु निकेतन, सापेखातीबाट), रणिता काकतीले (शङ्करदेव शिशु निकेतन, बहपति आजादबाट) तथा डीकू हजारिकाले ( शङ्करदेव शिशु निकेतन, अमोलापट्टीबाट) हत्याएका छन्।
रजत पदक अनन्त फूकन, अङ्कित लोहार, गार्गी बरुवा, फूकन हिरक ज्योति चिरिङ्ग र मयूरी गोहाईंले हासिल गरेका छन्। काँस्य पदक आस्था बोरा, आकाङ्क्षा प्रिया दत्ता, हिरुमोनी कोँवर र ऋषिकेश बरुवाले पनि जितेका छन्।
पूर्वोत्तर क्षेत्रको टीमसित प्रबन्धक भार्गव ज्योति गोगोई, पर्यवेक्षक हिमाद्री चेतिया फूकन औ प्रिया रानी धर, प्रशिक्षक बिराज बरुवा र रिम्पी बरुवा तथा खेल समन्वयक मुकुल दहोटिया, फणीधर गोगोई र परमेश्वर गोगोई उपस्थित थिए।
विद्या भारती पूर्वोत्तर क्षेत्रका सङ्गठन मन्त्री डा. पवन तिवारीले पदक विजेता खिलाड़ीहरू, प्रशिक्षकगण, खेल समन्वयकहरू, प्रधानाचार्यगण औ शिक्षकगणलाई बधाई दिए। उनले यस उपलब्धिलाई पूर्वोत्तर क्षेत्रको लागि गर्वको विषय बताउँदै खेलाड़ीहरूको उज्जवल भविष्यको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा