लाचेनमा सूक्ष्म सिँचाई सामग्री वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
लाचेनमा सूक्ष्म सिँचाई सामग्री वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


लाचेन, १४ सेप्टेम्बर (हि.स.)। कृषि विभाग, मङ्गन जिल्लाको आयोजनामा चुङथाङ महकुमाअन्तर्गत लाचेनमा आज सूक्ष्म सिँचाई सामग्री वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा सामाजिक कल्याण विभागका मन्त्री तथा क्षेत्र विधायक साम्डुप लेप्चा मुख्य अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पिपन, छेतिम्पा, स्थानीय बासिन्दा तथा लाभार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले योजनाको महत्वमाथि प्रकाश पारे। यसले कृषक तथा कृषि क्षेत्रको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए। मन्त्रीले आगामी दिनमा यस क्षेत्रमा यस्ता थप योजनाहरू कार्यान्वयन गरिने आश्वासन दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande