दुधेस्थित बेली ब्रीज मरम्मतिका लागि मंगलवार बिहान 6 बजीदेखि बेलुकी 6 बजीसम्म बन्द रहने
Bailey bridge


खरसाङ, 14 सेप्टेम्बर (हि.स.) । खरसाङ महकुमा अन्तर्गत दुधेस्थित बेली ब्रीज मरम्मतिका लागि मंगलवार 15 सेप्टेम्बरको दिन बिहान 6 बजीदेखि बेलुकी 6 बजीसम्म बन्द रहनेछ। खरसाङ र मिरिक अनि सिलगढी र मिरिकलाई जोड्ने दूधेको बेली ब्रिज मरमत्ति गरिने भएको छ। मिरिक ट्राफिक पुलिस अनुसार, मंगलवार मिरिकदेखि सिलगढी जाने गाडीहरु सुके घुम हुँदै आवतजावत गर्नु पर्ने जानकारी गराएका छन्। एम्बुलेन्स सेवाको लागि मात्र नोल पुटुङ मार्ग खुल्ला रहने बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande