
खरसाङ, १४ सेप्टेम्बर (हि.स.)। खरसाङमा भारतीय जनता पार्टीको भातृ संगठन नारी मोर्चाको आयोजनामा आज हरितालिका तीज कार्यक्रम आयोजना गरिएको छ। खरसाङको सुपर मार्केटमा रहेको सार्वजनिक भवनमा आयोजित कार्यक्रममा स्वागत सम्भाषण नारी मोर्चाको 12 मण्डलकी अध्यक्षा दिपिका प्रधान प्रसादले राखेकी थिइन्।
तीज कार्यक्रममा नारी मोर्चाको दार्जिलिङ जिल्ला प्रभारी सुसना छेत्री, दार्जिलिङ जिल्ला अध्यक्षा रोमा छेत्री, 12 मण्डल सभापति दिक्षा तामाङ, 12 मण्डलकी अध्यक्षा दिपिका प्रधान प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए। यस अवसरमा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक