
बिजनौर, १४ सेप्टेम्बर (हि.स.)। थाना कोतवाली शहर पुलिसले वन विभागको रेञ्ज कार्यालयमा हुलदंगा गर्दै प्रतिबन्धित प्रजातिको काठले लोड गरिएको ट्रक बलजफ्ती छुटाउने प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पुलिस अधीक्षक केके विश्नोई अनुसार, पक्रा पर्नेमा धामपुर निवासी सचिन गुप्ता र नहटौर निवासी अमरकान्त शर्मा रहेका छन्। वनरक्षक मोहित कुमारको उजुरीका आधारमा दर्ता गरिएको मुद्दामा सरकारी काममा बाधा पुर्याएको, धम्की दिएको तथा ट्रक छुटाउने प्रयास गरेको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा मुद्दामा भारतीय न्याय संहिताको धारा ३०३(२) हटाएर धारा ३१०(२) थप गरिएको पुलिसले जनाएको छ। सोधपुछका क्रममा आरोपीहरूले आफ्ना साथीहरूसँग रेञ्ज कार्यालय पुगेर ट्रक छुटाउने तथा वन विभागका अधिकारी र कर्मचारीलाई डरधम्की दिएको स्वीकार गरेका छन्।
यस घटनामा संलग्न अन्य आरोपीहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी