
गुवाहाटी, 14 सेप्टेम्बर (हि.स.)। भाजपा विधायक भूपेन बोराले कङ्ग्रेसलाई लक्षित गर्दै भने, यदि पार्टीमा यस्तै स्थिति रहिरह्यो भने एक दिन कङ्ग्रेस पार्टी मासिनेछ। उनले भने, नगाउँ लोकसभा उपचुनाउको लागि कङ्ग्रेस उ्मेद्वारको नाम घोषणालाई लिएर पार्टीभित्र ताना-तान तीव्र भएको सङ्केत देखिँदैछ।
उम्मेद्वार चयनलाई लिएर वरिष्ठ नेता रकिबुल हुसैन र प्रदेश कङ्ग्रेस अध्यक्ष गौरव गोगोईबीच कथित रूपमा शीत युद्धको स्थिति उत्पन्न भएको छ। यस्तो अवस्थामा नगाउँ उपचनाउमा कङ्ग्रेसको उम्मेद्वार कसको रुचि अनुसार हुनेछ, यसलाई लिएर राजनीतिक जगतमा चर्चा चीव्र भएको छ।
उनले भने, रकिबुल हुसैन भन्छन्- यदि चाँड़ै उम्मेद्वार घोषणा गरिएन भने गौरव गोगोईविरूद्ध हस्ताक्षर अभियान स़ञ्चालन हुनसक्छ। उनको यस्तो बयानबाट कङ्ग्रेसभित्र भइरहेको कथित आन्तरिक कलहलाई लिएर अड़कल अझ तीव्र भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा