
जोरहाट (असम), १४ सेप्टेम्बर (हि.स.)। जोरहाट जिल्लाको तीताबर न आली क्षेत्रमा एक व्यक्तिको घरमा चोरी भएको घटना सोमवार बिहान सार्वजनिक भएको छ।
पुलिस अनुसार, तीताबरको जालुकनीबाड़ी पुलिस थाना अन्तर्गत पर्ने तीताबर न आली क्षेत्रमा चोरहरूको एउटा समूहले सुजात अहमदको घरमा प्रवेश गरी चोरी गऱ्यो।
प्रारम्भिक अनुसन्धानमा चोरहरूले घरबाट सुन–चाँदीका गरगहना सहित लगभग २५ लाख रुपैियाँ बराबरको धनमाल चोरी गरेको खुलेको छ। अहमदका परिवारले दर्ता गराएको प्राथमिकीका आधारमा पुलिसले घटनाको अनुसन्धान शुरु गरी चोरहरूको खोजी गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी