पश्चिम बङ्गाल भाजपाको प्रवक्ता मण्डली र आईटी टीममा फेरबदल, देबजीत सरकार हुनेछन् मुख्य प्रवक्ता
पश्चिम बङ्गाल भाजपाको प्रवक्ता मण्डली र आईटी टीममा फेरबदल, देबजीत सरकार हुनेछन् मुख्य प्रवक्ता


कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गाल भाजपाले सङ्गठनलाई अझ सशक्त बनाउने उद्देश्यले मिडिया, सोशल मिडिया, आईटी विभाग एवं प्रवक्ता प्यानलमा व्यापक फेरबदल गरेको छ। प्रदेश अध्यक्ष एवं सांसद शमिक भट्टाचार्यको निर्देशमा गरिएको नयाँ नियुक्ति तत्काल प्रभावले लागू भएको छ। राज्य कार्यालय प्रभारी एवं प्रदेश महासचिव शशि अग्निहोत्रीले यस सम्बन्धमा आधिकारिक सूचना जारी गरेकीक छन्।

नयाँ व्यवस्था अन्तर्गत अधिवक्ता देवजीत सरकारलाई प्रदेश भाजपाका मुख्य प्रवक्ता नियुक्त गरिएको छ भने प्रवक्ता प्यानलमा क्रमैले रितेश तिवारी, सायन्तन बोस, केया घोष, प्रणय राय, डा. तन्मय मुखर्जी, सप्तर्षि चौधरी, ओफेलिया सिंङ्घा, अङ्कन दत्ता, मेघा सेन राय, डा. निखिल प्रसुन सिंह, शमिक दासगुप्ता, सुदीप्त गुहा औ सेवानिवृत्त मेजर ऋत्विक पाललाई सामेल गरिएको छ। सप्तर्षि चौधरीलाई प्रवक्ता सहित पार्टी साहित्यको जिम्मा पनि दिइएको छ।उनलाई सोशल मिडिया सेलको कन्भेनरबाट हटाइएको छ।

मिडिया विभागको संयोजकको जिम्मा अनुपम घोषलाई सुम्पििेको छ भने पार्थ सारथी चौधरी र चन्द्रशेखर बसुतिया सह-संयोजक हुनेछन्।

सोशल मिडिया विभागका संयोजक जय मल्लिकलाई बनाइएको छ। रत्नेश सिंह, रम्यज्योति सरकार, शुभोजीत कर्मकार औ सब्यसाची रायलाई सह-संयोजक नियुक्त गरिएको छ।

यसरी नै आईटी विभागका संयोजक उपमन्यु भट्टाचार्य हुनेछन्। प्रितम भट्टाचार्य र कामेलिया सान्याललाई सह-संयोजकको दायित्व दिइएको छ। पार्टी नेतृत्वको मान्यता छ, नयाँ टीमको गठनले मिडिया प्रबन्धन, डिजिटल स़ञ्चार एवं सङ्गठनको प्रचार-प्रसारलाई अझ प्रभावशाली बनाउनमा सहयोग पुग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande