
पश्चिम मेदिनीपुर, 14 सेप्टेम्बर (हि. स.)। जिल्लाको दाँतन थाना अन्तर्गत रास्ता नगर क्षेत्रमा सोमवार धानको खेतमा एकजा व्यक्तिको शव भेटिएको घटनाले कोकोहोलो मचियो। मृतकको पहिचान अजय शीत (31)- को रूपमा भएको छ जो दाँतन थाना अन्तर्गत शास्ता नगर गाउँका निवासी थिए।
पुलिस र स्थानीय सूत्र अनुसार सोमवार बिहान सवेरै अजय घर नजिकै धानको खेतमा काम गर्न गएका थिए। लामो समय बितिसक्दा पनि उ घर फर्केर नआएपछि परिवारका सदस्यहरूले उसलाई खोज्न शुरूगरे। यसै क्रममा खेतभन्दा धेरा टाड़ा अर्काको धानको खेतमा अजयको शव लड़िरहेको देखियो। घटनाको सूचना पाएर दाँतन थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिई पोस्टमर्टम ग र्नको लागि पठाइदियो। अजयको मृत्यु कुन परिस्थितिमा भएको हो, अहिलेसम्म स्पष्ट हुनसकेको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा