मुख्यमन्त्रीले नवनिर्मित सार्वजनिक शौचालय परिसर जनतालाई समर्पित गरिन्
मुख्यमन्त्रीले नवनिर्मित सार्वजनिक शौचालय परिसर जनतालाई समर्पित गरिन्


नयाँ दिल्ली, 14 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले सोमवार शालीमार बागको सिंङ्लपुर गाउँस्थित लेबर चौकमा नवनिर्मित सार्वजनिक शौचालय परिसर (जन सुविधा परिसर) जनताप्रति समर्पित गरिन्। यस अवसरमा दिल्लीका पर्यटन मन्त्री कपिल मिश्रा, जिल्ला अध्यक्ष अजय खटाना, निगम पार्षद अमित नागपाल, अनिता जैन उपस्थित थिए।

उनले भनिन्, आधुनिक सुविधाहरूद्वारा लैस यस सार्वजनिक शौचालयमा दिव्याङ्गजनहरूको आवश्यकतालाई विशेष ध्यान दिइएको छ भने उनीहरूको सुविधाको लागि केयर-टेकरको व्यवस्था पनि गरिनेछ। मुख्यमन्त्रीले भनिन्, दिल्ली सरकारले दिल्ली सरकार स्वच्छ, सहज र आधुनिक सार्वजनिक सुविधा उपलब्ध गराउनको लागि निरन्तर कार्य गरिरहेको छ।

मन्त्री कपिल मिश्राले भने, मुख्यमन्त्रीले आधुनिक सार्वजनिक शौचालय जनतालाई समर्पित गरिन्। एक हजार आधुनिक सार्वजनिक शौचालय बनाउने लक्ष्यको शुरूआत गर्दै आज पहिलो जन सुविधा परिसरलाई सफलतापूर्वक पूरा गरी जनताप्रति समर्पित गरिएको छ। उनले भने, दिल्लीमा स्वच्छ तथा आधुनिकताको अभावलाई ध्यानमा राखेर दिल्ली पर्यटन विभागलाई सड़क अनि बजारहरूमा एक हजार वटा शौचालय परिसर बनाउने लक्ष्य दिइएको छ जसमा महिला,पुरूष अनि दिव्याङ्गजनहरूको लागि तीन भिन्न यूनिट हुनेछ साथै महिलाहरूको स्यानिटरी न्यापकिनको पनि व्यवस्था गरिएको छ। 24 घण्टै केयरटेकर,हरेक 20 परिसरमा एक जना सुपरभाइजर तथा आधुनिक सफाई मशिनहरूको साथमा यसको रखरखाउ सोझै सरकारले गर्नेछ। दिल्लीवासी र पर्यटकहरूको लागि यो सुविधा निःशुल्क हुनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande