
जोधपुर, १४ सेप्टेम्बर (हि.स.)। शहर नजिकै मथानिया क्षेत्रको बालरवा गाउँमा ८९ वर्षीया वृद्ध महिलासित कुटपिट गरी गहना लुटिएको घटना प्रकाशमा आएको छ। पीड़ित महिलाका छोरा राजेन्द्र प्रसाद रावको उजुरीका आधारमा पुलिसले अज्ञात बदमाश विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
पुलिस अनुसार, १२ सेप्टेम्बर दिउँसो लगभग ३ बजेर १० मिनेटमा दुई जना अज्ञात व्यक्ति घरभित्र प्रवेश गरे। त्यसबेला वृद्ध महिला पुर्ख्यौली घरमा सुतिरहेकी थिइन्। बदमाशहरूले महिलासित कुटपिट गर्दै घाँटी दबाएर उनका कानका गहना तथा खुट्टामा लगाइएका कड़ाहरू निकालेर फरार भए।
परिवार अनुसार, वृद्ध महिलाको आँखाको ज्योति कमजोर हुनुका साथै सुन्ने क्षमतामा पनि समस्या छ। घटनापछि उनको घाँटीमा सुन्निएको र चोटका निशान देखिएका छन्।
परिवारले पुलिससँग घटनामा तत्काल कारबाही गरी आरोपीको पहिचान गर्न तथा लुटिएका गहना जफत गर्न माग गरेको छ। पुलिसले घटनास्थल र सम्भावित प्रमाणका साथै शंकास्पद व्यक्तिहरूबारे जानकारी सङ्कलन गरी अनुसन्धान गरिरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी