अवैध निर्माणमाथि कड़ा कारबाही, भुस्याहा पशुहरूको प्रबन्धन गर्ने निर्देश
अवैध निर्माणमाथि कड़ा कारबाही, भुस्याहा पशुहरूको प्रबन्धन गर्ने निर्देश


नयाँ दिल्ली, 14 सेप्टेम्बर (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले अवैध निर्माणविरूद्ध कड़ा कारबाही गर्ने निर्देश दिएका छन्। उनले सोमवार लोक निवासमा दिल्ली नगरनिगम (एमसीडी)-का कमिश्नर सञ्जीव खिरवारसित भेट गरे। यस भेटमा उनले राजधानीमा भइरहेका कामहरूको समीक्षा गरे।

उपराज्यपालले दिल्लीमा समयमै फोहोर उठाउने, सड़कहरूको सफाई, जलभराउको समस्या समाधान गर्ने, भुस्या पशुहरूको प्रबन्धन तथा अवैध निर्माणविरूद्ध कड़ा कारबाही गर्ने निर्देश दिएका छन्। उनले सड़कहरू बारम्बार भत्किने तथा ओहोर-दोहोर गर्ने मानिसहरूलाई भइरहेको समस्यालाई रोक्नको लागि सड़क खनन गर्ने तथा सड़कहरूको हेरचाह गर्ने एजेन्सीहरूसित तालमेल राख्ने आवश्यकतामाथि बल दिए। उपराज्यपालले सम्बन्धित विभागहरूलाई धरातलीय स्तरमाकाम गर्ने अनि जवाफदाही सुनिश्चित गर्नेमाथि पनि बल दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande