
गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले २०२६ को महिला टी२० एसिया कपको उपाधि जितेको भारतीय महिला क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत टोलीको उत्कृष्ट प्रदर्शनले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको बताउँदै यसले युवाहरू, विशेषगरी छोरीहरूका लागि प्रेरणाको शक्तिशाली स्रोतको रूपमा काम गर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, “उनीहरूले ठूला सपना देखिरहून्, अवरोधहरू तोड्दै अघि बढिरहून् र भारतका लागि सफलता तथा उत्कृष्टताका अझ धेरै गौरवशाली अध्यायहरू लेखिरहून्।”
---------------
हिन्दुस्थान समाचार / बिशाल