महानन्द ब्यारेजमा डुबेका दुई विद्यार्थीको खोजी कार्य तीव्र, एनडीआरएफ र सिभिल डिफेन्सले सम्हाल्यो मोर्चा
महानन्द ब्यारेजमा डुबेका दुई विद्यार्थीको खोजी कार्य तीव्र, एनडीआरएफ र सिभिल डिफेन्सले सम्हाल्यो मोर्चा


सिलगढ़ी, 14 सेप्टेम्बर (हि. स.)। शहर संलग्न फूलबाड़ी महानन्द ब्यारेजमा गए आइतवार डुबेका दुई जना विद्यार्थीहरूको खोजीमा अभियानलाई तीव्रता दिइएको छ। अभियानमा राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), सिभिल डिफेन्स औ पुलिसका टीमहरू जुटेका छन्। स्पीडबोट र गोताखोरहरूको मद्दतले महानन्दा नदीमा खोजी अभियान सञ्चालन गरिएको छ। नदीका विभिन्न भागहरूमा पैदल हिँड़ेर पनि खोजी गरिँदैछ। तथापि अहिलेसम्म छात्रहरूको बारेमा कुनै सुइँको पाइएको छैन।

जानकारी अनुसार गए आइतवार तीन जना साथीहरू फूलबाड़ी महानन्द ब्यारेजमा नुहाउनका लागि गएका थिए। प्रत्यक्षदर्शीहरू अनुसार उनीहरूलाई नदीभित्र पस्न रोक लगाइएको भए पनि उनीहरूले मानेनन्। यसै अवधि नदीको गहिरो भागमा एक जना छात्र पस्यो जसलाई बचाउने प्रयास गर्दा अन्य दुई जना छात्रहरू पनि कष्टमा परे।

स्थानीय मानिसहरूको मद्दतले दिव्यांश शाहा नामक छात्रलाई सुरक्षित बाहिर निकालियो भने उसका दुई जना साथीहरू नदीमा डुबेर बेपत्ता भए।

दिव्यांश अनुसार बेपत्ता छात्रहरूको पहिचान प्रागज्योति दास र मोहम्मद सफायेल हुसैन नौसादको रूपमा भएको छ। प्रागज्योति मालदाका निवासी हुन् भने नौसाद बङ्गलादेशको रहेको बताइएको छ। तीनै विद्यार्थी कक्षा दशौंमा अध्ययनरत् थिए जसले जोटियाकालीको छेउमा अवस्थित नारायणा स्कूलको होस्टलमा बसेर पढ़ाई गरिरहेका थिए।

हाल एनडीआरएफ, सिभिल डिफेन्स, पुलिस र गोताखोरहरूका टीमहरूले नदीका भिन्न-भिन्न भागहरूमा खोजी अभियान स़ञ्चालन गरिरहेका छन्। परिवार र स्थानी मानिसहरूले यी छात्रहरूलाई सुरक्षित भेटिने आशामा छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande