विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा पदक जित्ने सिक्किमका चार खेलाडीलाई स्वागत एवं सम्मान
Strengthening championship atheletes


गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। किर्गिस्तानमा सम्पन्न १३औँ विश्व स्ट्रेन्थलिफ्टिङ तथा आईबीपी च्याम्पियनसिप २०२६ मा सिक्किमका लागि पदक जितेर फर्किएका चार खेलाडीलाई सोमबार रम्फूस्थित पर्यटन कार्यालयमा एसकेएम खेलकुद शाखाले स्वागत तथा सम्मान गरेको छ। ८ देखि १२ सेप्टेम्बरसम्म किर्गिस्तानमा आयोजित प्रतियोगितामा सिक्किमका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न वर्गमा पदक हासिल गरेका छन्।

जानकारी गराइए अनुसार, पेमा दोर्जी भोटियाले ९५ किलो मास्टर पुरुष वर्गमा स्वर्ण पदक जितेका छन्। यसैगरी, संगिता तामाङले ७२ किलोभन्दा माथि मास्टर महिला वर्गमा दुई स्वर्ण पदक जित्नुका साथै ‘च्याम्पियन अफ च्याम्पियन्स’ को उपाधि पनि हासिल गरेकी छन्।यसरी नै बिनु सुब्बाले ५८ किलो मास्टर महिला वर्गमा दुई स्वर्ण पदक जित्दै आईबीपी सर्वोच्च च्याम्पियनको उपाधि हासिल गरिन्। यस अतिरिक्त, डा. मिलन प्रधानले ७२ किलो वरिष्ठ महिला वर्गमा दुई रजत पदक जितिन्।

विजेता खेलाडीहरूलाई एसकेएम खेलकुद शाखाका पदाधिकारी, सिक्किम स्ट्रेन्थलिफ्टिङ संघका प्रतिनिधि, परिवारका सदस्य तथा शुभेच्छुकहरूले रम्फूमा स्वागत गरे। यस अवसरमा एसकेएम खेलकुद शाखाका राज्यस्तरीय महासचिव निर्मल छेत्री र संगठन सचिव द्वितीय जिग्मी नामग्याल भोटियाको उपस्थिति रहेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande