महिला एशिया कपमा भारतीय टीमको ऐतिहासिक जीत भएकोमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए बधाई
महिला एशिया कपमा भारतीय टीमको ऐतिहासिक जीत भएकोमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए बधाई


कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। भारतीय महिला क्रिकेट टीम एशिया कप- 2026 को खिताब जित्न सफल भएकोमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले टीमलाई हार्दिक बधाई दिएका छन्। उनले सोशल मिडिया मञ्च ‘एक्स’-मा पोस्ट गरी भारतीय महिला खेलाड़ीहरूको बेजोड़ प्रदर्शनको सराहना गर्दै यसलाई सम्पर्ण देशको लागि गौरवको क्षण बताए।

मुख्यमन्त्रीले भने, भारतीय महिला क्रिकेट टीमको असाधारण आत्मविश्वास, निरन्तर प्रदर्शन औ मैदानमा अदम्य सङ्घर्षको भावनाले सारा देशलाई गौरवान्वित तुल्याएको छ। उनले भने, टीमको यो ऐतिहासिक सफलता देशका लाखौं युवाहरूको लागि प्रेरणाको श्रोत बन्नेछ र उनीहरूलाई खेलप्रति पागलपनको साथमा अगाड़ि बढ़्ने तथा वैश्विक मञ्चमा देसको सुनाम फैलाउनको लागि प्रेरित गर्नेछ।

भारतीय महिला टीमले आइतवार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलेको फाइल खेलमा श्रीलङ्कालाई 72 रनले परास्त गरेर आठौं पटक महिला एशिया कपको खिताब आफ्नो नाममा पाऱ्यो। भारतले पहिला बलिङ्ग गर्दै निर्धारित 20 ओभरमा पाँच विकेटमा 183 र बनायो। शेफाली वर्माले 39 बलमा 68 रन र स्मृति मंधानीले 39 बलमा 59 रनको बेजोड़ पारी खेले। दुवैले पहिलो विकेटको लागि 129 रनको मजबत साझेदारी गरेर भारतलाई ठूलो स्कोरको आधार दिए।

184 रनको लक्ष्यलाई पछ्याउँदै श्रीलङ्काको टीम भारतीय बलरहरूको अगाड़ि दबावमा रहे अनि 111 रनमै सम्पर्ण टीम पभेलिनबाट फर्कियो। श्री चरणीले प्रभावकारी बलिङ्ग गर्दै चार विकेट लिइन् भने दीप्ति शर्माले तीन विकेट लिइन्। यसरी नै हरमनप्रीत कौरको कप्तानीमा भारतले 72रनको ठूलो जीत दर्ता गरी खिताब कब्जा गऱ्यो।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारतीय महिला क्रिकेट टीमको यस उपलब्धिलाई देशको लागि गौरवको विषय बताउँदै सबै खेलाड़ीहरूलाई शुभकामना दिए। साथै आशा व्यक्त गरे, टीमको यो ऐतिहासिक जीतले देशभरिकै युवा प्रतिभाहरूलाई खेलको क्षेत्रमा अगाड़ि बढ़्ने अनि अन्तर्राष्ट्रिय स्तरमा भारतको गौरव बढ़ाउनको लागि प्रेरित गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande