
कोलकाता 14 सेप्टेम्बर (हि.स.)। दक्षिण 24 परगनाको मथुरापुर-1 खण्ड अन्तर्गत देवीपुर ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेस सञ्चालित पञ्चायतका प्रधान अमीर हुसैन लस्कर र उपप्रधान रिया पालविरुद्ध अविश्वास प्रस्तावलाई लिएर राजनीतिक जगतमा तीव्र खैलाबैला भइरहेको छ। आज प्रधान र उपप्रधानविरूद्ध अविश्वास प्रस्ताव ल्याइयो। स्थितिलाई ध्यानमा राखेर बिहानदेखिकै क्षेत्रमा प्रशासनले सुरक्षा व्यवस्था कड़ा बनाउँदै केन्द्रिय बलहरूलाई तैनाथ गरेको छ।
जानकारी अनुसार देवीपुर ग्राम पञ्चायतमा मोठ 18 जना सदस्यहरू थिए। यसमा तृणमूल कङ्ग्रेसका 11, भाजपाका 5 र माकपाका 2 जना सदस्यहरू सामेल छन्। पछि तृणमूल कङ्ग्रेस र भाजपाका एक-एकजना सदस्यको मृत्यु भएपछि पञ्चायतमा प्रभावकारी सदस्यहरूको सङ्ख्या घटेर 16 पुगेको छ।
भनिन्छ, यी 16 सदस्य जना सदस्यहरूमध्ये 9 जनाले प्रधान र उपप्रधानविरूद्ध ल्याएका अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेहरूमा भाजपाका 4, तृणमूल कङ्ग्रेसका 3 र माकपाका 2 सदस्य सामेल छन् अर्थात विपक्षी दलहरूका सदस्यहरू सहित तृणमूल कङ्ग्रेसका केही सदस्यहरूले पनि प्रधान र उपप्रधानविरूद्ध अविश्ववास प्रस्तावलाई समर्थन गरेका छन्।
तृणमूल कङ्ग्रेस सञ्चालित पञ्चायतमा प्रधान र उपप्रधानविरूद्ध भाजपा, माकपा र तृणमूलकै केही सदस्यहरू एकजुट भएको घटनाले राजनीतिक जगतमा चर्चा शुरू भएको छ। अब सबैको ध्यान अविश्वास प्रस्तावको आगामी प्रक्रिया र यसको परिणाममाथिकेन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा