
गुवाहाटी, 15 सेप्टेम्बर (हि.स.)। अखिल भारतीय महिला कङ्ग्रेसको 42औं स्थापना दिवस समारोह मङ्गलवार गुवाहाटीस्थित असम प्रदेश कङ्ग्रेस मुख्यालय राजीव भवनमा आयोजना गरियो। यस अवसरमा असमका विभिन्न जिल्लाहरूमा पनि स्थापना दिवस कार्यक्रम आयोजना गरियो जसमा कङ्ग्रेसका महिला कार्यकर्ता अनि नेताहरूले भाग लिएका थिए।
असम प्रदेश कङ्ग्रेस अध्यक्ष गौरव गोगोईले स्थापना दिवसको अवसरमा राज्यका सबै महिलाहरूलाई बधाई एवं शुभकामना दिए। उनले पार्टी तथा सार्वजनीक जीवनमा महिलाहरूको योगदानको सराहना गरे।
कार्यक्रममा पूर्व सांसद अब्दुल खालिक, विधायक बेबी बेगम, मीडिया अध्यक्ष बेदव्रत बोरा, वरिष्ठ नेता बालिका लाहन पेगू, मोइनाजान बेगम तथा जिल्ला परिषद सदस्य मुनियारा बेगम समेत केही वरिष्ठ कङ्ग्रेस नेता एवं महिला नेत्रीहरू उपस्थित थिए।
वक्ताहरूले सङ्गठनलाई तृणमूल स्तरमा सशक्त बनाउने अनि पार्टीमा महिलाहरूको सक्रिय भूमिकामाथि चर्चा गरे। कार्यक्रममा व्यापक रूपमा कङ्ग्रेस कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा