
कोलकाता, 15 सेप्टेम्बर (हि.स.)। छात्र सङ्घर्षपछि भाङ्गड़ महाविद्यालयमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। गए सोमवार कलेजमा अशान्ति हुने आशङ्कालाई मध्यनजर गर्दै कलेज प्रशासनले सतर्क कदम उठाउँदै सेकेण्ड सेमेस्टरको परीक्षा समाप्त नहु़्जेलसम्म अन्य सबै कक्षाहरूलाी बन्द राख्नो नोटिस जारी गरेको छ।
घटना घटेको दोस्रो दिन मङ्गलवार कलेज परिसरमा सुरक्षा व्यवस्था बढ़ाइयो। कड़ा निगरानीबीच परीक्षार्थीहरूलाई कलेजमा प्रवेश गराइरहेको छ। बाहिरका मानिसहरूलाई परिसरमा प्रवेश गर्नदेखि रोक्नको लागि बिहानदेखिकै कलेजको मुख्य गेटमा गेटम्यान र अशिक्षण कर्मचारीहरूलाई तैनाथ गरिएको छ।
कलेजमा प्रवेश गर्नका लागि परीक्षार्थीहरूलाई एडमिट कार्ड र आई कार्ड अनिवार्य गरिएको छ। यी दस्तावेजहरू बिना कसैलाई पनि कलेज परिसरमा प्रवेश गर्ने अनुमति दिइएको छैन।
यद्यपि यस कड़ा सुरक्षा व्यवस्थालाई लिेर प्रश्न पनि उठिरहेको छ। सोमवार कलेजमा अशान्ति हुने आशङ्का हुँदा यस किसिमको सक्रियता किन देखाइएन? घटनापछि सुरक्षा व्यवस्थालाई यस्तो कड़ा किन बनाउनु पऱ्यो? यसलाई लिएर कलेज प्रशासनको कार्यप्रणालीमाथि पनि प्रश्न उठिरहेको छ।
उल्लेखनीय छ, गत सोमवार भाङ्गड़ कलेजमा अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) र इण्डियन सेकुलर फ्रन्ट (आईएसएफ) समर्थक छात्रहरूबीच सङ्घर्ष भएको थियो जसमा केही छात्रहरू घाइते भएका थिए। एबीवीपीको पक्षबाट आईएसएफ समर्थकहरूमाथि हमला गरेको आरोप लगाइएको थियो। घटनापछि कलेज परिसरमा तनाउ फैलिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा