नगाउँ उपचुनाउः टिकटलाई लिएर कङ्ग्रेसमा अन्तरकलह बढ़्यो
नगाउँ उपचुनाउः टिकटलाई लिएर कङ्ग्रेसमा अन्तरकलह बढ़्यो


गुवाहाटी, 15 सेप्टेम्बर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउमा शिवामणि बोरालाई कङ्ग्रेस उम्मेद्वार बनाइएपछि पार्टीभित्रको असन्तोष प्रष्ट रूपमा अगाड़ि आइरहेको छ। उम्मेद्वार चयनको विरोधमा मोरी गाउँ जिल्ला कङ्ग्रेसका केही नेता अनि कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिए।

मोरी गाउँ जिल्ला कङ्ग्रेसका महासचिवको नेतृत्वमा केही नेता अनि कार्यकर्ताहरू दलबदलका लागि सक्रिय भएका छन्। असन्तुष्ट नेताहरूको भनाइ छ, नगाउँ लोकसभा क्षेत्रमा अल्पसङ्ख्यक उम्मेद्वारहरूलाई अवसर नदिइएको कारणले उनीहरूले सामूहिक रूपमा राजीनामा दिने फसेला गरेका हुन्।

शिवामणि बोरालाई टिकट दिइएकोले कङ्ग्रेसका तृणमूल स्तरका कार्यकर्ताहरूमा असन्तुष्टि व्याप्त भएको खबर छ। असन्तुष्ट कङ्ग्रेस नेता अनि कार्यकर्ताहरूको एक वर्ग भाज सामेल भएको छ। उपचुनाउपूर्व सार्वजनिक भएको यस घटनाक्रमले कङ्ग्रेसको निम्ति सङ्गठनात्मक चुनौती बढ़ाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande