बलियो र अझ लचिलो सिक्किम निर्माणमा अभियन्ताहरुको भूमिका उल्लेखनीय: मुख्यमन्त्री
ps tamang


गान्तोक, 15 सेप्टेम्बर हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय अभियन्ता दिवसको अवसरमा सिक्किम लगायत देशभरका सम्पूर्ण अभियन्ताहरूलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले सामाजिक सञ्जालमा आज जारी आफ्नो पोस्टमा भने, '15 सेप्टेम्बरमा भारत रत्न एम. विश्वेश्वरैयाको जयन्तीको स्मरणमा मनाइने यस दिवसले अभियान्त्रिकी, पूर्वाधार र राष्ट्र निर्माणमा उनको असाधारण योगदानको सम्मान गर्दछ। उनको जीवनले भावी पुस्तालाई नवीनता ल्याउन, चुनौतीहरू समाधान गर्न र बृहत्तर हितका लागि निर्माण गर्न निरन्तर प्रेरणा दिइरहेको छ।'

मुख्यमन्त्रीले सिक्किम जस्तो चुनौतीपूर्ण हिमाली राज्यमा अभियन्ताहरूको योगदान विशेष रूपमा महत्त्वपूर्ण छ भन्दै सडक, पुल र भवनदेखि खानेपानी, बिजुली, स्वास्थ्य सेवा र अन्य आवश्यक पूर्वाधारहरूसम्म उनीहरूको विशेषज्ञता र समर्पण विकास यात्राको केन्द्रविन्दुमा रहेको जनाएका छन्।

उनले यस वर्ष सिक्किममा अभियन्ता दिवसको अवसरमा अभियन्ता दिवस दौड, अन्तर-विभागीय फुटसल प्रतियोगिता, खेलकुद तथा फेलोसिप कार्यक्रमहरूसहित वरिष्ठ र सेवानिवृत्त अभियन्ताहरूको बहुमूल्य योगदानको कदर गर्ने पहलहरू लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले बलियो र अझ लचिलो सिक्किम निर्माणमा समर्पित भएर काम गरेकोमा अभियन्ताहरूको प्रशंसा गरेका छन्।

उनले सुनाउलो, समृद्ध र समर्थ सिक्किम निर्माणको दिशामा अगाडि बढ्ने क्रममा जनताको कल्याणका लागि अभियान्त्रिकी, नवीनता र प्रविधिलाई निरन्तर उपयोग गर्दै जाने आह्वान गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande