रिषड़ामा नागरिक सुविधामाथि उठ्यो प्रश्न, एनएस रोडको ठाउँ-ठाउँमा मैला-कुचैलाको थुप्रो
रिषड़ामा नागरिक सुविधामाथि उठ्यो प्रश्न, एनएस रोडको ठाउँ-ठाउँमा मैला-कुचैलाको थुप्रो


हुगली, 15 सेप्टेम्बर (हि. स.)। रिषड़ा शहरमा नागरिक सुविधा अनि सफाई व्यवस्थालाई लिएर प्रश्न उठिरहेको छ। मङ्गलवार बिहान एन. एस. रोडको किनारमा ठाउँ-ठाउँमा मैला-कुचैलाहरूको थुप्रो देखियो। स्थानीय स्तरमा प्राप्त जानकारी अनुसार सड़क किनारमा लगभग ह रेक दश कदममा मैलाको थुप्रो लागेको थियो जसबाट वरपर दुर्गन्ध फैलिरहेक थियो।

शहरमा मैला-कुचैला थुप्रिनको साथै जीर्ण सड़क, वर्षामा जलजमाउ, स्ट्रीट लाइटको समस्या तथा फुटपाथ र सड़कहरूमा अतिक्रमणलाई लिएर पनि सिकायतहरू आइरहेका छन्। कतिपय स्थानहरूमा फुटपाथ उपलब्ध नभएका कारण वा अतिक्रमण गरिएका कारण पैदल यात्रीहरूलाई सड़कको सहारा लिन परिरहेको छ जसबाट उनीहरूलाई समस्या भइरहेको छ।

रिषड़ा नगरपालिकाको प्रशासनिक ढांँचामा आएको परिवर्तनबीच नागरिक सुविधाहरूलाई लिएर जवाफदेहीको प्रश्न पनि त्यतिकै तटकारो रूपमा उठिरहेको छ। नगरपालिका बोर्ड भङ्ग अनि चेयरम्यानले राजीनामा दिएपछि प्रशासनिक स्तरमा पनि परिवर्तन आएको छ। अधिकारीहरू परिवर्तन भए पनि स्थानीयहरूको भनाइ छ, प्राथमिकता शहरको बुनियादी समस्याहरूको स्थायी समाधान गर्ने हुनुपर्छ।

नागरिकहरूको माग छ, सड़क किनारमा थुप्रिएको मैलाको नियमित सफाई, जलनिकासी व्यवस्थामा सुधार, जीर्ण सड़कको मरम्मत, स्ट्रीट लाइटहरूलाई व्यवस्थित बनाउनु तता फुटपाथ र सड़कबाट अतिक्रमण हटाउनको लागि प्रभावकारी कारबाही गरियोस्।

स्थानीय मानिसहरू अनुसार प्रशासनिक बदलाउभन्दा अधिक महत्वपूर्ण धरातलीय स्तरमा बदलाउ हुनु हो। रिषड़ामा नागरिक सुविधाहरूसित सम्बन्धित यी समस्याहरूको स्थायी समाधान कहिले हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande