
मिर्जापुर, १५ सेप्टेम्बर (हि.स.)। राजगढ़ थाना क्षेत्रको भाँवा बजारमा सोमवार राति चोरहरूले मोबाइल पसलको सटरको ताला तोड़ेर लगभग ७० हजार रुपियाँ बराबरको समान तथा नगद चोरी गरेका छन्। चोरहरूले पसलबाट लगभग ३० हजार रुपियाँ नगद र ६ वटा नयाँ एन्ड्रोइड मोबाइल लगेका छन्। चोरीको सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ। पुलिसले दृश्यका आधारमा संदिग्धको खोजी तथा घटनाको अनुसन्धान गरिरहेको छ।
डढिया गाउँ निवासी चन्दनको भाँवा बजारमा मोबाइल पसल रहेको छ। सोमवार राति लगभग ८ बजी पसल बन्द गरेर उनी घर गएका थिए। मंगलवार बिहान पसल खोल्न पुग्दा सटरको ताला फुटेको अवस्थामा भेटिएको थियो। भित्र गएर हेर्दा समानहरू छरपस्ट थिए भने दराजमा राखिएको नगद गायब थियो। चोरी भएको जानकारी पाएपछि वरपरका पसले तथा स्थानीयवासी घटनास्थलमा भेला भए।
पसले अनुसार, चोरहरूले लगभग ३० हजार रुपियाँ नगद र लगभग ४० हजार रुपियाँ मूल्य पर्ने ६ वटा नयाँ मोबाइल लगेका छन्। सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले पसलको निरीक्षण गरेपछि सीसीटीभी दृश्य जाँच गरेको थियो। दृश्यमा एक युवक पसलभित्र प्रवेश गरिरहेको देखिएको छ। स्थानीयवासीले दृश्यमा देखिएको युवकको पहिचान गरेको बताइएको छ। पुलिसले एक संदिग्धलाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरेको छ।
राजगढ़ थाना प्रभारी बालमुकुन्द मिश्रले मोबाइल पसलमा चोरी भएको सूचना प्राप्त भएको र पुलिसले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताए। घटनाको चाँड़ै खुलासा गरिने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी