बाढ़ी पीड़ितहरूको माझम पुगे कङ्ग्रेसका राष्ट्रिय प्रवक्ता ज्योति कुमार सिंह, सरकारसित दश हजार करोड़को राहत प्याकेज र राष्ट्रिय आपदा घोषित गर्ने माग
बाढ़ी पीड़ितहरूको माझम पुगे कङ्ग्रेसका राष्ट्रिय प्रवक्ता ज्योति कुमार सिंह, सरकारसित दश हजार करोड़को राहत प्याकेज र राष्ट्रिय आपदा घोषित गर्ने माग


भागलपुर, 15 सेप्टेम्बर (हि.स.)। अखिल भारतीय कङ्ग्रेस कमिटीका सदस्य औ राष्ट्रिय प्रवक्ता ज्योति कुमार सिंह मङ्गलवार सीटीएस चर्च ग्राउण्डस्थित बाढ़ी राहत शिविरमा पुगे। उनले यहाँ शरण लिएका बाढ़ी प्रभावित परिवारहरूसित भेट गरी उनीहरूको अवस्था बारे जानकारी लिए। उनले यस अवदि राहत सामग्रीहरू पनि वितरण गरे। पीड़ितहरूको सोचनीय अवस्थालाई देखेर उनले प्रशासनको व्यवस्थामाथि चर्को प्रश्न उठाउँदै सरकारसित चार वटा प्रमुख मागहरू राखे।

राहत शिविरमा अव्यवस्था, पीड़ितहरूले समयमा भोजन नपाउनु जस्ता विषयलाई लिएर ज्योति कुमार सिंहले ब्लक इ़ञ्चार्जलाई हप्काए। उनले अधिकारीहरूको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै भने, यदि डीएम र सीओ साहब बिहान खाजा खाएर बिस्तारै कार्यालय आउनसक्छन् भने यी गरीब र बेघर बाढ़ी प्रभावितहरूलाई बिहानको खाजा किन जुरिरहेको छैन?

उनले अधिकारीहरूलाई चेताउनी दिए, राहत कार्यहरूमा कुनै पनि प्रकारको लापरवाहीलाई सहन गरिनेछैन। बाढ़ीको विभीषिकामाथि चिन्ता व्यक्त गर्दै कङ्ग्रेस प्रवक्ताले केन्द्र अनि राज्य सरकारसित तत्कालै कदम उठाउने माग गरे।उनले सरकार समक्ष बाढ़ीको यो वर्षेनी त्रासदीदेखि मुक्ति पाउनको लागि स्थायी समाधान जस्तै बलियो बाँध वा नदी प्रबन्धन जस्ता कदमहरू उठाउने माग गरे।

यस अवसरमा धरातलीय स्तरमा पीड़ितहरूलाई मद्दत गर्नको लागि कङ्ग्रेस नेता राहुल गान्धीको युवा टीमका सदस्यहरू पनि विशेष रूपमा उपस्थित थिए। राहत सामग्री वितरण अनि मानिसहरूको समस्या सुन्नमा राणा बिस्वास, यूसुफ खान, अतिकुर वारिस, मून खान, रुचि कुमारी औ अलिशाले सक्रिय भूमिका निभाए। कङ्ग्रेस नेताहरूले स्पष्ट पारे, बाढ़ीको पानी घटेर स्थिति सामान्य भएर मानिसहरू आ-आफ्नो घर नफर्कुञ्जेलसम्म उनीहरूको सङ्घर्ष र सेवा कार्य यथावत रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande