
नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। केन्द्रिय राज्य मन्त्री औ भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्राले राजस्थान नगर निकाय चुनाउमा भाजपाका 4200 निकाय उम्मेद्वारहरूले जीत हासिल गरेकोमा हर्ष व्यक्त गरे। उनले यस चुनावी सफलतालाई प्रधानमन्त्री नरेन्द्र मोदीका नीति अनि सुशासनको जीत बताए।
दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्राले मङ्गलवार प्रदेश कार्यालयमा पत्रकारहरूसित बातचित गर्दै भने, राजस्थान नगर निकाय चुनाउको परिणाम हिजो गणेश चतुर्थीको दिन सार्वजनिक भयो र यसमा भाजपालाई ठूलो जीत हासिल भएको छ जसले फेरि एकपटक प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिहरूमाथि देशको विश्वासलाई प्रमाणित गर्दछ।
हर्ष मल्होत्राले भने, राजस्थानमा नगर निकाय चुनाउमा अधिकादिक निर्दलीयलाई निर्वाचित गर्ने यहाँको लोकतान्त्रिक इतिहास नै हरिआएको छ। तर यसपालि राजस्थानका मानिसहरूले लगभग 4200 निकाय उम्मेद्वारहरू भारतीय जनता पार्टीको चयन गरी एउटा नयाँ इतिहास रचे।
दिल्ली भाजपा अध्यक्षले भने, कोटा जुन राजस्थानको उदियमान युवा शहरहरूमध्ये एक हो, -मा भाजपाको नगरनिगममा बहुमत होस् वा राजधानी जयपुरमा भाजपाले जित्नु होस्, यी सबैले स्पष्ट पार्छ कि सबै विपक्षी राजनीतिक दलहरूले मिलेर षड़यन्त्र गरे पनि देशका युवा, शिक्षित वर्ग, व्यपारी वर्ग विशेष गरी महिलाहरू भारतीय जनता पार्टीकेो साथमा छन् र भविष्यमा पनि रहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा