भारत-बङ्गलादेश सीमा क्षेत्रबाट आग्नेयास्त्र सहित दुई जना समातिए
भारत-बङ्गलादेश सीमा क्षेत्रबाट आग्नेयास्त्र सहित दुई जना समातिए


मालदा, 15 सेप्टेम्बर (हि. स.)। मालदाको भारत-बङ्गलादेश सीमा संलग्न कालियाचक थाना क्षेत्रको गोपालगञ्ज पुलिस चौकी अन्तर्गत नलदाहारी क्षेत्रबाट पुलिसले दुई जना युवकहरूलाई आग्नेयास्त्र सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूलाई अदालतमा पेश गरिएपछि पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

पुलिस सूत्र अनुसार पक्रा पर्ने आरपीहरूमा सुवर्ण मण्डल उपनाम बुबाई (23) र दीपङ्कर मण्डल (24) सामेल छन् भने दुवै नै कालियाचकको मिलिक सुल्तानपुर क्षेत्रका निवासी रहेको बताइएको छ।

पुलिस अनुसार दुवै युवक गोपालगञ्ज पुलिस चौकीको नलदाहारी क्षेत्रमा एउटा ब्याग बोकेर संदिग्ध अवस्थामा घुमिरहेका थिए। गुप्त सूचनाको आधारमा गोपालगञ्ज चौकी पुलिसले अभियान चलाएर दुवै युवकलाई समात्यो। त्यसपछि जाँच गर्दा उनीहरूबाट चार वटा पाइप गन भेटिएको दाबी पुलिसले गरेको छ। पुलिसले दुवैलाई पक्राउ गऱ्यो। आरोपीहरूलाई मालदा जिल्ला अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

मालदाका पुलिस अधीक्षक अनुपम सिंहले बताए, आग्नेयास्त्र सहित दुई आरोपीलाई पक्राउ गरिएको छ। दुवैको घर सीमा क्षेत्रमा रहेको कारणले हतियारहरूको कनेक्शन बङ्गलादेशसित रहेको शङ्का लागेको छ। मामिलाको जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande