
गान्तोक, १५ सेप्टेम्बर (हि.स.)। गणेश छेत्रीले आज गान्तोकस्थित टाशीलिङ सचिवालयमा आयोजित शपथ ग्रहण समारोहमा सिक्किम राज्य विद्युत् नियामक आयोग (एसएसईआरसी) को अध्यक्षका रूपमा शपथ लिए। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले छेत्रीलाई गोपनीयताको शपथ तथा संविधानप्रति निष्ठाको शपथ एवं प्रतिज्ञा दिलाए।
शपथ ग्रहण समारोहमा एसएसईआरसीकी सचिव ग्लोरिया नाम्चु, कानुन विभागका सचिव सूरज छेत्री, गृह विभागका सचिव तेन्जिङ काल्योन, एसएसईआरसीका कानुन सदस्य टेम्पो ग्याल्छो भोटिया, एसएसईआरसीका प्रधान निर्देशक पाल्चेन डी. छाक्था तथा विद्युत् विभागका प्रधान मुख्य अभियन्ता भानु बी. शर्मालगायतको उपस्थिति थियो।
हिन्दुस्थान समाचार / बिशाल