दश महिनापछि यातायातको लागि खोलियो सराइ घाट पुरानो पुल
दश महिनापछि यातायातको लागि खोलियो सराइ घाट पुरानो पुल


गुवाहाटी, 15 सितंबर (हि.स.)। गुवाहाटीमा ब्रह्मपुत्र नदीमा अवस्थित पुरानो रेल सह-रोड सराइ घाट पुल 10 महिनापछि आज खोलियो। यस आशयको जानकारी पूर्वैत्तर सीमान्त रेलवे (पूसीरे)- का महाप्रबन्धकले दिएका हुन्।

महाप्रबन्धकले बताए, पछिल्लो दश महिनादेखिको ब्रह्मपुत्र नदीमा निर्मित पुरानो सराइ घाट पुलको मरम्मत कार्य भइरहेको थियो। मरम्मत पूरा भएपछि पुललाई आजदेखि खोलियो।

ज्ञात रहोस्, पुरानो पुलबाट रेल र वाहनहरूको आवागमन हुन्छ। पुलको मरम्मत हुँदा वाहनहरूको आवागमन पछिल्लो दश महिनादेखिकै नयाँ पुलबाट भइरहेको थियो जसले गर्दा सराइ घाटको नयाँ पुलमा प्रायजसो जाम लाग्थ्यो। पुरानो पुल खोलिएपछि जामको समस्यादेखि महानगरले छुटकारा पाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande