उत्तर बङ्गालमा पहिलो पटक सय किलो सुनका गहनाहरूले सजिनेछन् माता दुर्गा
उत्तर बङ्गालमा पहिलो पटक सय किलो सुनका गहनाहरूले सजिनेछन् माता दुर्गा


सिलगढ़ी, 15 सेप्टेम्बर (हि.स.)। उत्तर बङ्गालमा यसपालि दुर्गा पूजाको अवसरमा भव्य र अनौठो आयोजन हेर्न पाइनेछ। सिलगढ़ीको सेन्ट्रल कलोनी दुर्गा पूजा कमिटीको 64औं वर्षको आयोजनमा माता दुर्गा सहित कार्तिक, गणेश, लक्ष्मी र सरस्वतीको 100 किलो सुनका आभूषणहरूले श्रृङ्गार गरिनेछ। आयोजकहरू अनुसार उत्तर बङ्गालमा पहिलो पटक यस किसिमको आयोजन हुन गइरहेको छ।

मङगलवार सिलगढ़ी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार वार्तामा पूजा कमिटीका पदाधिकारीहरूले यस आशयको जानकारी गराए। पाँचै जना देवी-देवताहरूको लागि सय किलो सुनको विशेष श्रृङ्गार तयार गरिँदैछ। यस अतिरिक्त बालुरघाटको प्रसिद्अध कलाकारद्वारा पूजा पण्डाल बनाइँदैछ भने चन्दन नगरका कलाकारले आकर्षक प्रकाशको सजावट गर्नेछ।

सय किलो सुनले सजिएका प्रतिमाहरूलाई हेर्नका लागि ठूलो सङ्ख्यामा श्रद्धालु अनि पर्यटकहरू आउने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाको विशेष व्यवस्था गरिनेछ। पण्डालदेखि लगभग आठ फुट अगाड़ि नै ब्यारिकेडिङ्ग गरिनेछ भने सम्पूर्ण परिसरलाई सीसीटीभी क्यामराको निगरानीमा राखिनेछ। निजी सुरक्षाकर्मीहरूसँगसँगै ठूलो सङ्ख्यामा पुलिसकर्मीहरूलाई तैनाथ गरिनेछ। पण्डालको पछाड़िको भागलाई भिन्नै रूपमा ब्यारिकेडिङ गरिनेछ। श्रद्धालुहरूलाई निर्धारित स्थानबाट दर्शन गराइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande