सामागुड़ीमा जङ्गली हात्तीहरूको आतङ्क, केही गरीब परिवारहरूको घर क्षतिग्रस्त
सामागुड़ीमा जङ्गली हात्तीहरूको आतङ्क, केही गरीब परिवारहरूको घर क्षतिग्रस्त


नगाउँ (असम), 15 सेप्टेम्बर (हि.स.)। असमको सामागुड़ीस्थित गेन्धाली आदर्श गाउँमा जङ्गली हात्तीहरूले लगातार उत्पात मचाइरहेको कारणले ग्रामीणहरू डरले आतङ्कित भएका छन्। मङ्गलवार बिहान सवेरै जङ्गली हात्तीहरूको एउटा बथानले गाउँमा पसेर गरीब परिवारहरूको घरलाई भत्काइदियो। हात्तीहरूले घरमा राखिएका आवश्यक वस्तुहरूलाई नष्ट गरिदिए।

जानकारी अनुसार हात्तीहरूले स्थानीय जगुराम दासको घरमा हमला गरे। साथै अन्य गरीब परिवारहरूको घरलाई पनि नोक्सान पुऱ्याए। भनिन्छ, परिवारका सदस्यहरू घरमा सुतिरहेको अवस्थामा हात्तीहरूले हमला गरे। अचानक घरभित्र हात्तीहरू आएको देखेर परिवारका सदस्यहरूमा कोकोहोलो मचियो। उनीहरूले भागेर आफ्नो ज्यान बचाए।

पीड़ित परिवारहरूले आरोप लगाए, जङ्गली हात्तीले यसअघि पनि धेरै पटक उनीहरूको घरलाई नोक्सान पुऱ्याइसकेको छ। तथापि अहिलेसम्म सरकारको पक्षबाट कुनै पनि प्रकारको क्षतिपूर्ति प्राप्त भएको छैन।

क्षेत्रमा यसरी हात्तीहरूले लगातार उत्पात मचाइरहेको कारणले सामागुड़ीको व्यापक क्षेत्रका मानिसहरूलाई रातभरि जागराम बस्न परिरहेको छ। वन विभागद्वारा हात्तीहरूलाई लखेट्ने प्रयास गरिँदैछ, तर स्थानीय मानिसहरूको आरोप छ, हात्तीहरूको उत्पात पूर्ण रूपले नियन्त्रित हुन सकेको छैन। ग्रामीणहरूले प्रशासन र वन विभागसित तत्कालै प्रभावकारी कदम उठाउने अनि प्रभावित परिवारहरूलाई उचित क्षतिपूर्ति दिने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande