
जोरहाट (असम), 15 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले आउनीआटी सत्र (मठ)- को भवन निर्माणका लागि अतिरिक्त पाँच करोड़ रुपियाँ दिने घोषणा गरेका छन्। मुख्यमन्त्रीले आज टियोकस्थित आउनीआटी विश्वविद्यालय भवनको उद्घाटन गर्दै उक्त आशयको घोषणा गरेका हुन्।
यस अवसरमा मुख्यमन्त्रीले भने, आजका युवाहरूले समाजलाई आध्यात्मिक शिक्षासँगसँगै आर्टिफिशियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तकनिकी शिक्षा पनि हासिल गर्नुपर्छ। उनले भने, आध्यात्मिक एवं सांस्कृतिक मूल्यहरूको संरक्षणसितै आधुनिक तकनिकी ज्ञानलाई अप्नाउनु पनि समयको आवश्यकता हो।
मुख्यमन्त्रीले भने, नयाँ पिँढ़ीले परम्परा र आधुनिकताबीच सन्तुलन राखेर अग्रसर हुनुपर्छ। उनले आउनीआटी सत्र र विश्विविद्यालयसित सम्बन्धित शैक्षणिक एवं सांस्कृतिक प्रयासहरूलाई महत्वपूर्ण बताउँदै अझ भने, यस्ता संस्थानहरूले युवाहरूलाई आफ्नो जरासित जोड़्नका साथै उनीहरूलाई भविष्यका चुनौतीहरूसित लड़्नको लागि तयार बनाउनमा महत्वपूर्ण भूमिका निभाउन सक्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा