
गोलाघाट (असम), 15 सेप्टेम्बर (हि.स.)। असमको मुख्यमन्त्री निगरानी प्रकोष्ठले मङ्गलवार गोलाघाट शहरमा एसीएस अधिकारी देवेश्वर बोरासित सम्बन्धित एउटा ठेगानामा छापामारी गऱ्यो। गोलाघाट शहरमा एघार नम्बर वार्डको चन्दन नगरमा अवस्थित एक निर्माणाधिन पाँच तले भवनमा यो काकरबाही गरिएको हो।
जानकारी अनुसार उक्त निर्माणाधिन भवन एसीएस अधिकारी देवेश्वर बोराकी पत्नीको नाममा छ। निगरानी प्रकोष्ठको कारबाहीलाई बोराविरूद्ध भइरहेको जाँचसित जोड़ेर हेरिएको छ। धेमाजीका जिल्ला विकास आयुक्तको रूपमा कार्यरत देवेश्वर बोरालाई निगरानी अधिकारीहरूले गत 7 सेप्टेम्बरको दिन पक्राउ गरेका थिए। त्यसपछि भिजिलेन्सको टीमले गुवाहाटीस्थित उनको आवासमा पनि खानतलासी गरेको थियो।
गोलाघाटमा मङ्गलवार गरिएको कारबाहीलाई यसै जाँचको अघिल्लो श्रृङ्खलाको रूपमा मानिँदैछ। अभियान अवधि के-के दस्तावेज वा सामग्रीहरू जफत गरियो, त्यसको विस्तृत जानकारी हाल सार्वजनिक गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा